दफा ५
समितिको काम, कर्तव्य र अधिकार
ः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) विषादी सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न नेपाल सरकारलाई परामर्श दिने ।
(ख) विषादी उत्पादन तथा वितरण कार्यमा निजी तथा सरकारी क्षेत्र बीच समन्वय कायम गर्ने ।
(ग) विषादी उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ।
(घ) निजी वा सरकारी क्षेत्रमा संचालित विषादी उद्योगहरुबाट उत्पादन हुने विषादीको गुणस्तर नियमित वा नियन्त्रित गर्ने गराउने ।
(ङ) विषादीको गुणस्तर निर्धारण गर्ने ।